नेपाली देखिने र सुनिने बनाउने अभियान!

आगामी नोभेम्बर ८ मा हुने जनरल जनरल इलेक्सनमा  मेरिल्याण्ड डिस्ट्रिक्ट ८ बाट हाउस अफ एसेम्बेली सदस्य पदका लागि डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेद्वार रहेको खुशीको खबर सुनाउन पाउँदा गौरवको अनुभूति भएको छ ।

चार वर्षअघि २०१८ मा डेमोक्रेटिक प्राइमरी जितेर जनरल इलेक्सनमा उम्मेद्वार भई विजयी भएको क्षण सम्झिरहेको छु । जुन क्षण अमेरिकामा नेपाली सुमदायले हासिल गरेको पहिलो यस्तो ऐतिहासिक क्षण थियो । 

त्यही ऐतिहासिक क्षण दोहोर्याउदै अमेरिकामा नेपाली देखिने र सुनिने बनाउने अभियानमा अर्को एक इट्टा थप्न मेरो दोस्रो कार्यकालको उम्मेद्वारीलाई सफलता मिल्छ भन्ने मेरो विश्वास रहेको छ । म त अमेरिकाको मूलधारमा नेपालीलाई देखिने र सुनिने बनाउने अभियानको एक निमित्त मात्र हुँ, यो सफलता नेपालीको हो र त्यो यहाँजस्तै नेपाली मन भएका नेपालीहरूको सद्भावपूर्ण साथ, सहयोग र शुभकामनाबाट सम्भव भएको हो । 

बितेको चार वर्षको संसदीय अनुभवले धेरै कुरा सिकाएको छ र एकजना नेपाली विधायक हुँदा मात्र पनि कति फरक पर्दोरहेछ भन्ने दृष्टान्त मिलेको छ । 

मैले यो चार वर्षमा अमेरिकाकै सबैभन्दा पुरानो संसदको तल्लो सदन मेरिल्याण्ड हाउस अफ एसेम्बेली सदस्यको रूपमा १४ विधेयकलाई कानून बनाउने सफलता हात पारेको छु । दशैलाई नेपालमा उत्पति भएको सांस्कृतिक चाडका रूपमा उल्लेख गरेर दशै विधेयक सदनमा प्रस्तुत गरेको छु र तल्लो सदनमा ऐतिहासिक बाइपार्टिसन मतका साथ पारित गराएको छु । मेरिल्याण्डमा भएको एक बन्दुक आक्रमणमा मारिएका नेपाली युवाका नाममा सागर घिमिरे एक्ट नै प्रस्तुत गरेको छु । 

कोभिड कहरको बेला नेपालमा औषधी र स्वास्थ्य सामग्री पठाउनेदेखि हजारौ नेपालीलाई बेरोजगार भत्ताका लागि मार्गप्रशस्त गरिदिएको छु । धेरै नेपालीमुलका बिधार्थिले पहिलोचोटी मेरो कार्यालयबाट Scholarship पाएका छन्! अमेरिकामा दु:खद निधन भएका दुई दर्जनभन्दा बढी नेपालीको शव व्यवस्थापनको संयोजन गरिदिएको छु ।   

बाल्टिमोरमा रहेका दुई नेपाली सामाजिक-सांस्कृतिक संस्था बाल्टिमोर एशोसियसन्स अफ नेप्लिज इन अमेरिका (बाना) का लागि दुई लाख ५० हजार र नेपाली सांस्कृतिक केन्द्रका लागि ३ लाख डलर राज्य कोषबाट सहयोग जुटाउने काम गरेको छु ।

यी सबै काममार्फत् अमेरिकाको मूलधारमा नेपाली देखिने र सुनिने अभियानले अरू गति लिएको छ ।  यसको प्रभाव मेरिल्याण्ड राज्यमा त परेकै छ, अमेरिकाका विभिन्न राज्यमा पनि सकारात्मक प्रभाव परेको छ । आज अमेरिकाका विभिन्न राज्यका विभिन्न निकायका निर्वाचनमा नेपालीको उम्मेद्वारकै रूपमा बढ्दो सहभागिता त्यसैको साक्षी हो ।

मेरो यो अनुभव र मान्यताको पृष्ठभूमीमा अमेरिकामा नेपालीलाई देखिने र सुनिने बनाउने अभियानलाई अरू सबलीकृत गर्दै अगाडि बढाउन दोस्रो कार्यकालका लागि उम्मेद्वारी दिएको छु । ह्वाइट हाउसमा डेमोक्रेटिक प्रशासन भएको बेला हुन गैरहेको यो मध्यावधि चुनाव डेमोक्रेटिक पार्टीका लागि सहज छैन । 

त्यसमा पनि मेरो निर्वाचन क्षेत्र कुनै पनि पार्टीले जित्न सक्ने पर्पल निर्वाचन क्षेत्र हो, २०१८ मा मैले जित्दा १२ वर्षपछि दुई डेमोक्रेट र एक रिपब्लिकनको प्रतिनिधित्व हुन सकेको हो । 

आप्रवासीहरूको पातलो बसोबास रहेको यो क्षेत्रमा ३१ एसियायी तथा प्यासिफिक आइल्याण्डरका मूलका आप्रवासीको संख्या 6 प्रतिशतको हाराहारीमा छ । गत वर्ष सम्पन्न जनगणनाका आधारमा निर्वाचन क्षेत्रको पुन: सिमाङ्कन हुँदा पुराना  ५ प्रिसिङ्ट काटेर अन्य निर्वाचन क्षेत्रमा पारिएको छ भने रिपब्लिकन बहुल ५ प्रिसिङ्ट मेरो क्षेत्रमा परेको छ । यस क्रममा थोरै संख्यामा रहेका नेपालीसहितका एसियाली मूलका मानिसको बसोबास क्षेत्र पनि अन्य निर्वाचन क्षेत्रमा पर्न गएको छ । 

डेमोक्रेटिक पार्टीभित्रकै अन्तर पार्टी डाइनामिक्सहरू पनि नेपालीजस्तो अत्यन्तै अल्पमतमा रहेको समुदायका पक्षमा हुदैन । किनकि, अमेरिकी चुनावमा अन्तत : पैसा र सङख्या नै निर्णायक हुन्छ । हामी नेपाली यी दुबै कुरामा पछि छौं, त्यसैले चाहेर पनि धेरै राज्यमा उम्मेद्वारी दिएका नेपाली मित्रहरूले आफ्नो पक्षमा परिणामा निकाल्न सकिरहनु भएको छैन । 

अमेरिकामा बढ्दो महङ्गी र मुद्रास्फितिको ठाडो असर चुनावी क्याम्पेनमा पनि परेको छ । पहिलेको भन्दा अहिले चुनाव ज्यादै महंगो भएको छ ।

प्रस्तुत पृष्ठभूमिमा चुनावी प्रतिस्पर्धामा रहेको मेरा लागि दु:ख बिसाउने र सहयोगको हात थाप्ने ठाउँ भनेको अमेरिकाका विभिन्न ठाउँमा रहेको नेपाली समुदाय नै हो । चार वर्षअघि भन्दा अहिलेको सुखद पक्ष भनेको अमेरिकामा नेपालीको संख्या पनि बढेको छ र नेपालीको आर्थिक हैसियत पनि बढेको छ । यसका अतिरिक्त अमेरिकामा नेपाली देखिने र सुनिने क्रम पनि बढेको छ ।

मैले अमेरिकामा नेपाली देखिने र सुनिने अभियानको निरन्तरताका लागि पनि यो चुनाव जित्नैपर्ने हुन्छ, यदि जितिएन भने यो अभियानको क्रमभङ्ग हुन्छ र फेरि जोड्न सहज हुदैन । यस अर्थमा पनि मैले यो चुनाव जित्नैपर्ने भएको छ । यो मेरो व्यक्तिगभन्दा पनि अमेरिकाको समग्र नेपाली समुदायकै प्रतिष्ठाको विषय भएको छ । 

यस्तो पेचिलो अवस्थामा भैरहेको चुनावमा यहाँबाट सद्भावपूर्ण सहयोग र साथ मिल्नेछ भन्ने मेरो आशा एवं विश्वास रहेको छ । त्यसैको आधारमा म समग्र नेपाली सुमदायको प्रतिनिधित्व गर्दै दोस्रो कार्यकालका लागि संसदमा जानेछु र नेपाली समुदायका समस्या र आवश्यकता अमेरिकी मूलधारकै साझा समस्या र आवश्यकता बनाउन प्रयत्न गर्नेछु ।

यो संदेश हजुरको धेरै भन्दा धेरै साथीहरुलाई र परिवारलाई पठाईसहयोग गरिदिनुहोला!हाम्रो सद्भावपूर्ण सहकार्यबाट यो सबै सम्भव छ ।

सद्भावपूर्ण साथ र सहयोगको हार्दिक अपेक्षासहित,
https://secure.actblue.com/donate/harryfordelegate
डेलिगेट ह्यारी (एच. बी.) भण्डारी
उम्मेद्वार- 

सदस्य, मेरिल्याण्ड हाउस अफ एसेम्बेली डिस्ट्रिक्ट ८

सम्पर्क :   ४४३ ४०३ ९९८४ (फोन),   harry4statedelegate@gmail.com   (इमेल) 

सद्भावपूर्ण साथ र सहयोगको हार्दिक अपेक्षासहित, .docx

Letter to White House Regarding Vaccination Help for Nepal

Become a Part of Our Team

Support Us For Your Better Future