संसद अधिवेशन २०२२ : आठौं साता- नेपाली न्युजलेटर- ८

फेब्रुअरी २६-मार्च ४, २०२२

मार्च सुरू भएसँगै व्यस्तता पनि बढेको छ। यो साता एउटा विधेयक सुनुवाइ भयो, अर्को साता तीनवटा सुनुवाइ हुदैँछन् र यो क्रम आउँने साताहरूमा अरू बढ्नेछ।

हामी यतिबेला मेरिल्याण्डबासीको जीवनस्तर माथि उठाउने कानून निर्माण प्रक्रियामा अत्यन्तै व्यस्त छौं। तर, जति नै व्यस्त भए पनि म तपाईंहरूका चासो,चिन्ता र समस्या सुन्न र समाधान गर्न सदैव तयार रहने छु। त्यस्तो केही भए सम्पर्क गर्नुहोला, म यथासमयमा सम्पर्क गर्ने नै छु।

२०२२ विधेयक विशेष: औषधी व्यवसायी पारिश्रमिक समानता


यो साता स्वास्थ्य र सरकार सञ्चालन समितिमा मैले प्रायोजन गरेको औषधी व्यवसायीहरूका लागि समान पारिश्रमिक लागू गर्नेसम्बन्धी विधेयकमा सुनुवाइ भयो। अन्य राज्यहरूमा यस सम्बन्धमा भएका ब्यवस्थाका बारेमा थप जानकार हुँदै विधेयकलाई अगाडि बढाउन महत्त्वपूर्ण प्रगति हासिल भएको छ।

बिधेयक १२१९ ले औषधी व्यवसायी र अन्य स्वास्थ्य सेवा प्रदायकबीच हेरचाह सेवाहरूको लागि गरिने सोधभर्नामा रहेको असमानतालाई सम्बोधन गर्छ। मेरिल्याण्डका औषधी व्यवसायीहरूले हाम्रा समुदायलाई सुरक्षित राख्दै स्वास्थ्य सेवालाई थप पहुँचयोग्य बनाउँन महत्वपूर्ण योगदान दिदै आएका छन्। उनीहरूले कोभिड-१९को महामारीको बेला पनि अग्रपंक्तिमा रहेर खोप, उपचार, परीक्षणका साथै  तनावको क्षणमा दीर्घकालीन अवस्थाहरू व्यवस्थापन गर्न मद्दत गरेका छन्। तर, पनि उनीहरूले अन्य प्रदायकहरूको जति सोधभर्ना पाउँदैनन्। विधेयकले यो असमान अवस्थालाई परिवर्तन गर्नेछ।

यस विधेयकको समर्थनमा मसँगै हुनुहुने सबैलाई धन्यवाद। समितिमा मेरा सहकर्मीहरूले विरोध वा अवरोध नगरेको देख्दा मलाई खुशी लागेको छ। यस विधेयकलाई निर्णायक विन्दुमा नपुर्याउन्जेल म प्रयास जारी राख्नेछु।

सुनुवाइ हेर्न यहाँ क्लिक गर्नुहोस्।

एमजीए साइबर सुरक्षा प्याकेज


हाम्रो राज्यले भर्खरै साइबर आक्रमणहरूको सामना गरेको छ, यसबाट हाम्रो प्रणाली नै कमजोर हुन पुगेको छ; स्वास्थ्य सेवा, वित्त र शिक्षा क्षेत्रका हाम्रा एजेन्सीहरूको सञ्चालनमा अपूरणीय क्षति भएको छ। अहिले यो समस्या स्थानीयस्तरमा छ, बाल्टिमोर काउन्टी पब्लिक स्कूलहरू साइबर- आक्रमणबाट गत वर्ष नष्ट भएका प्रणालीहरू दुरूस्त गर्दैछन्। यो अवस्थालाई ध्यानमा राख्दै,  हाम्रो नेतृत्वले नयाँ विधायिकी प्याकेजका साथ साइबर सुरक्षालाई प्राथमिकता दिएकोमा मलाई खुशी लागेको छ।

यो प्याकेजले मेरिल्याण्डको सूचना प्रविधि पूर्वाधारलाई आधुनिकीकरण गर्न, साइबर-आक्रमणबाट राज्यका एजेन्सी र स्थानीय सरकारलाई जोगाउन, र भविष्यका प्रशासनलाई साइबर सुरक्षा प्रयासमा दीर्घकालीन लगानी गर्न एक रूपरेखा सुनिश्चित गर्ने काम गर्छ। साइबर सुरक्षामा धेरै पहिलेदेखि नै सुधार गर्न आवश्यक थियो। ढिलै भए पनि सुरू गरिएको यो सुधार प्याकेजबाट हामी राज्य प्रणालीलाई केन्द्रीकृत गरेर, राज्यभरका एजेन्सीहरूसँग समन्वय गर्न र आक्रमणलाई अझ प्रभावकारी रूपमा जवाफ दिन सक्षम हुनेछौं। यी बिधेयकहरूले राज्यका एजेन्सीहरूलाई सुरक्षित राख्ने हाम्रो क्षमतालाई सुदृढ पार्नुका साथै स्थानीयहरूलाई तिनीहरूको प्रणालीमा आवश्यक नियन्त्रण दिन र आवश्यक पर्दा स्रोतसाधन, साइबर पूर्वाधार अनुदान, र आपतकालीन सहायताहरू बाँडफाँड गर्ने ठाउँ उपलब्ध गराउन महत्वपूर्ण सन्तुलन प्रदान गर्छ।

यस कानूनका तीन पक्ष निम्नानुसार छन्:

एचबी १३४६  : राज्य सरकार – साइबर सुरक्षा – समन्वय र शासन

विधेयकमा सूचना प्रविधि विभाग (डीओआइटी) अन्तर्गत सुरक्षा व्यवस्थापन कार्यालय (ओएसएम) र मुख्य सूचना सुरक्षा अधिकारी (सीआइएसओ) लाई कोडिफाइ गरेर राज्यव्यापी साइबर सुरक्षा प्रयासहरूको लागि शासन संरचना गरिएको छ। सीआइएसओले कार्यकारी शाखा एजेन्सीहरूका लागि राज्यव्यापी साइबरसुरक्षा प्रयासहरू समन्वय गर्नेछ र मेरिल्याण्ड साइबरसुरक्षा सल्लाहकारको नेतृत्व गर्नेछ, जसले कार्यकारी शाखा एजेन्सीहरूमा साइबर सुरक्षा प्रयासहरूलाई सुव्यवस्थित गर्नेछ।

एचबी १२०५राज्य सरकार – सूचना प्रविधि र साइबरसुरक्षा-सम्बन्धित पूर्वाधार (आधुनिकीकरण मेरिल्याण्ड ऐन २०२२)

विधेयकमा साइबरसेक्युरिटी, विधायकहरू, उद्योगका नेताहरू सम्मिलित एक निरीक्षण आयोग बनाउने प्रावधान गरिएको छ। यसैगरी डीओआइटी, डीओआईटी र आपत्कालीन व्यवस्थापन विभाग (एमडीईएम), निकायलाई प्रस्तुत गर्न र राज्य साइबर सुरक्षा पूर्वाधारको वार्षिक रिपोर्टहरू प्रदान गर्ने व्यवस्था गरिएको छ। विधेयकले स्थानीय सरकारहरूको साइबर पूर्वाधारको मूल्याङ्कन गर्न र कार्यक्रमको फाइदा लिने अधिकारक्षेत्रहरूलाई अनुदान उपलब्ध गराउन राज्यद्वारा उपलब्ध गराइने “सेवा शुल्क” अनुदान कार्यक्रम पनि व्यवस्था गर्छ।

एबची १२०२स्थानीय सरकार साइबरसुरक्षा – समन्वय र सञ्चालन (स्थानीय साइबरसुरक्षा समर्थन ऐन २०२२

विधेयकमा सरकारी निकायहरूमा तथ्याङ्क साझेदारी समन्वय गर्न र खतराहरूको मूल्याङ्कन गर्न र आपतकालीन तयारी इकाई एमडीइएम मार्फत साइबर उल्लङ्घनहरूका लागि आपतकालीन सहयोग उपलब्ध छ भनी सुनिश्चित गर्न ‘फ्युजन सेन्टर’ को संहिताको प्रावधान गरिएको छ। विधेयकमा एमडीइएम साइबर तयारी इकाईलाई स्थानीय सरकारहरूलाई तयार रहन र घटनाहरूको प्रतिक्रिया दिन र स्थानीय साइबर सुरक्षा आपतकालीन तयारीको लागि कोष स्थापना गर्न मद्दतको पनि व्यवस्था गरिएको छ।

बाल्टिमोर काउन्टी प्रतिनिधिमण्डल

यो साता बाल्टिमोर काउन्टी प्रतिनिधिमण्डलमा सहभागी भएर समसामयिक विषयमा अमेरिकी संघीय संसदको धारणा राख्नुभएकोमा कांग्रेसम्यान जोन सरबनेसलाई धन्यवाद।

युक्रेनमा रुसी आक्रमणमाथि प्रकाश पार्दै उनले लोकतन्त्र र मानव अधिकारको रक्षामा उभिन संघीय संसदका सबै सांसदहरूसँग काम गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याए।

मैले युवा प्रजातन्त्रको कमजोरी र स्वतन्त्र नागरिकहरूले आत्मनिर्णयमा आफ्नै आवाज उठाउन सक्षम हुँदा फस्टाउन सक्ने सुन्दरता प्रत्यक्ष देखेको छु। यसैलाई ध्यानमा राख्दै, म हृदयदेखि नै युक्रेनको समर्थनमा उभिन्छु र शान्ति र समृद्धिको कामना गर्दै द्वन्द्वको मारमा परेका सबैको सुस्वास्थ्य र दीर्घजीवनको प्रार्थना गर्दछु।

गभर्नर होगनले युक्रेनको पक्षमा चालेका कदम देखेर म खुसी थिएँ, यो साता स्टेटहाउस युक्रेनको नीलो र पहेंलो रंगमा उज्यालो भएको थियो।

म कांग्रेसम्यान सर्बनेसको यो संकल्पको पनि प्रशंसा गर्दछु।

हामीले बाल्टिमोर क्षेत्र र राष्ट्रियस्तरमा हुलाक सेवाका समस्याहरूका बारेमा पनि छलफल गर्यौं। गत वर्ष, मैले युएसपीएस पार्कभिल शाखाका प्रबन्धकका साथै सम्पूर्ण बाल्टिमोरको एक प्रतिनिधिसँग कुरा गरें। डिस्ट्रिक्ट ८ का सहकर्मीहरूसहित मैले हाम्रा कंग्रेसम्यान र सिनेटरहरूलाई हुलाक सेवा सुधारका लागि मद्दत गर्न अनुरोध गर्दै औपचारिकपत्र पठाएका थियौं। हालसालै दुई दलकै समर्थनमा संसदमा ५७० करोडको हुलाक सेवा अद्यावधिक गर्ने प्रस्ताव पारित गर्न महत्वपूर्य भूमिका निर्वाह गर्ने कांग्रेसम्यान सर्बनेस आफ्ना सहकर्मीहरूसँग सामेल भएको देखेर म खुशी छु। हाम्रो दैनिक जीवन धेरै जसो हुलाक सेवामा भर पर्छ। त्यसैले एकले अर्कालाई दोष दिनेभन्दा पनि सबै मिलेर समस्या समाधान गर्ने बेला हो यो ।

कंग्रेसम्यान सर्बनेससँगको छलफल हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ:

बाल्टिमोर काउन्टीको आवास र सामुदायिक विकास विभागका निर्देशक श्री टेरी हिकीलाई पनि धन्यवाद। प्रतिनिधिमण्डलमा सहभागी उहाँले काउन्टीको आवासको स्थिरता र किफायतीता, छोडिएका र भत्केका भवनको जिर्णोध्दार तथा हाम्रा समुदायमा घरको स्वामित्वलाई अगाडि बढाउनका लागि काउन्टीले गरेका प्रयासहरूको बारेमा जानकारी दिनु भयो।  काउन्टी कार्यकारीले यो प्रयासलाई प्राथमिकता दिएर १०२ मिलियनभन्दा बढी विनियोजन गरेको देख्दा उत्साहित छु। यो कठिन तर अत्यावश्यक काम लिनुहुने श्री हिकी र सम्बन्धित सबैलाई धन्यवाद।

डा. ह्रबोव्स्कीको सम्मानमा विदाइ समारोह


मेरो अल्मामाटर, युनिभर्सिटी अफ मेरिल्याण्ड, बाल्टिमोर काउन्टी (युएमबीसी)का सेवानिवृत्त अध्यक्ष डा. फ्रिम्यान ह्रबोव्स्कीको स्वागत समारोहमा उपस्थित हुन पाउनु एउटा सम्मानको कुरा थियो। डा. हर्बोव्स्कीले तीन दशक लामो नेतृत्व प्रदान गर्दै युएमबीसीलाई राष्ट्रका विद्यालयहरूको शीर्ष तहमा ल्याउन अतुलनीय योगदान दिनुभएको छ। एक आजीवन विद्यार्थी र शिक्षकको हैसियतले, डा. हर्बोव्स्कीले शिक्षाका अवसरहरूलाई सबैका लागि थप पहुँचयोग्य बनाउन गर्नुभएको योगदानको कदर गर्छु। म उहाँको कामबाट धेरै अभिप्रेरित भएको छु। डा. हर्बोव्स्की, तपाईंले मेरिल्याण्डका विद्यार्थीहरूका लागि गर्नुभएको सबै कुराको लागि धन्यवाद साथै उहाँको विदाइ समारोह आयोजना गर्नुभएकोमा युएमबीसीका डीन मोफिटलाई धन्यवाद।

नागरिक सम्मान : कब स्काउट प्याक २६

गत सप्ताहान्तमा कब स्काउट प्याक २६ को ब्लू/गोल्ड समारोह तथा एरो अफ लाइट समारोहको आयोजना भयो। समारोहमा म सिनेटर क्याथी क्लाउजमेयर, डेलिगेट कार्ल ज्याक्सन र काउन्सिलम्यान डेभिड मार्क्ससँगै सहभागी हुन पाएँ, मेरो लागि यो एक विशेष र रोमाञ्चक सहभागिता थियो।

केही वर्षयता नयाँ पुस्ताका नेताहरूको समर्पण र लगनशीलताले मलाई औधी प्रेरित गरिरहेको छ। हामी सबैले यी अद्भुत युवा व्यक्तित्वहरूको उपलब्धिमा गर्व गर्न सक्छौं। उहाँहरू र उहाँहरूका परिवार हाम्रो समुदायमा हुनु हाम्रो भाग्य हो।

बधाई छ, स्काउट्स!

छात्रवृत्तिका लागि आवेदन

मेरो कार्यालयले २०२२-२०२३ को छात्रवृत्तिका लागि आवेदन लिइरहेको छ :
आवेदन डिस्ट्रिक्ट ८ का मेरा सहकर्मीहरू विधायक जोसेफ बोटेलर- II र कार्ल ज्याक्सनका लागिसमेत लिइने छ। आवेदन दिने अन्तिम मिति मार्च ३१, २०२२ हो।

आवेदन फारामका लागि तपाईं यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
वा
यो QR कोड स्क्यान गर्न सक्नुहुन्छ।

आवेदन गर्नुअघि ध्यान दिनुपर्ने केही कुराहरू:

आवेदक मेरिल्याण्डको डिस्ट्रिक्ट ८ को बासिन्दा हुनुपर्छ :
त्यसका लागि तपाईं mdelect.net मा आफ्नो ठेगाना रूजु गर्न सक्नुहुन्छ । यदि तपाईं अन्य डिस्ट्रिक्टमा बस्नुहुन्छ भने, हामी तपाईंलाई त्यही डिस्ट्रिक्टका विधायकहरूमार्फत् छात्रवृत्तिको लागि आवेदन दिन सुझाव दिन्छौं ।

 आवेदक मेरिल्याण्डका कलेज वा विश्वविद्यालयमा पूर्ण वा आंशिक समयको विद्यार्थी हुनुपर्छ:
 हामी मेरिल्याण्ड बाहिर अध्ययन गर्न जाने विद्यार्थीलाई (विशिष्ट परिस्थितिबाहेक) छात्रवृत्ति प्रदान गर्न असमर्थ छौं।

आवेदकहरूले एकपटक मात्र आवेदन गर्नुपर्छ:
डिस्ट्रिक्ट ८ का तीन विधायकहरू (भण्डारी, बोटेलर र ज्याक्सन) ले साझा छात्रवृत्ति कोष सञ्चालन गर्नुहुन्छ। आवेदन स्वीकार गर्न र निर्णय गर्न पनि एउटै प्रणाली प्रयोग हुन्छ । तपाईंले यो फारम एकपटक, एक ठाउँमा पेश गरेपछि तीनवटै कार्यालयले समीक्षा गर्न सक्छन् । त्यसैले तीन ठाउँमा आवेदन दिन आवश्यक छैन।

ध्यान दिनुपर्ने थप कुराहरू:
विधायिकी छात्रवृत्तिहरू गैर-नवीकरणीय छन्, यसको मतलब तपाईंले प्रत्येक वर्ष पुन: आवेदन गर्नुपर्छ। फाफ्साका लागि फाइल गर्न प्रोत्साहित गरिए पनि त्यो त्यति आवश्यक छैन । यदि तपाईं फाफ्साका लागि आवेदन दिनुहुन्न भने छात्रवृत्ति पुरस्कार प्रक्रियाको लागि मेरिल्याण्ड उच्च शिक्षा आयोग (MHEC) मा एउटा एकाउन्ट खोल्नुपर्छ।

थप विवरणका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ 

तपाईंसँग छात्रवृतिका बारेमा कुनै पनि जिज्ञासा वा प्रश्न भएमा निम्न इमेलहरूमा सम्पर्क गर्न सक्नुहुनेछ :
Harry.Bhandari@house.state.md.us, Joseph.Boteler@house.state.md.us, Carl.Jackson@house. state.md.us

हामी तपाईका जिज्ञासा र प्रश्नहरूको सम्बोधन गर्ने नै छौं ।

छात्रवृति र उच्च शिक्षाका लागि अग्रिम शुभकामना ।

प्रश्नटिप्पणी वा सरोकारहरू :

तपाईंसँग कुनै प्रश्न, टिप्पणी वा सरोकारहरू छन् भने, कृपया मलाई harry.bhandari@house.state.md.us मा सम्पर्क गर्नु होला । अमेरिकी प्रजातन्त्रको मूलमन्त्र नै जनताका लागि, जनताद्वारा, जनताको हो । त्यसैले म  तपाईहरूलाई सुन्न र सम्बोधन गर्न पाउँदा सधैं खुशी हुनेछु ।

तपाईहरूलाई सफलता मिलोस्जीवन सुखमय होस्- मेरो यही शुभकामना ।

Become a Part of Our Team

Support Us For Your Better Future