मार्च १९-२५, २०२२
मेरिल्याण्ड राज्यको ४४४औं संसद अधिवेशनले क्रस-ओभर पार गरिसकेको छ। यसको अर्थ, तल्लो सदन हाउस अफ एसेम्बेलीका विधायकहरू माथिल्लो सदन सिनेटबाट आएका विधेयकहरू हेरिरहेका छन् भने माथिल्लो सदन सिनेटका सिनेटरहरू तल्लो सदनबाट पठाइएका विधेयकहरू अध्ययन गरिरहेका छन्। अवस्था यस्तो संगीन छ कि अब के हुन्छ, कुन कुन विधेयक दुबै सदनबाट पारित हुन्छन् भन्न सकिने अवस्था छैन।
यस अधिवेशनमा मेरा सातमध्ये छ विधेयक ठूलो मात्रामा द्विदलीय समर्थनका साथ सदनबाट पारित भएका छन्। म ती विधेयकहरू गभर्नरको डेस्कमा पुग्ने सुनिश्चित गर्न ठूलो प्रयत्न गरिरहेको छु। यस सत्रमा मैले अहिलेसम्म हासिल गरेको उपलव्धीमा मलाई गर्व छ।
मेरो विधायिकी छात्रवृत्तिका लागि आवेदन दिने अन्तिम दिन बिहीबार, मार्च ३१ हो। जसले निवेदन दिनुभयो, तपाईं प्रक्रियामा हुनुहुन्छ, जसले दिनुभएको छैन, निर्धारित मितिभित्रै निवेदन दिन म अनुरोध गर्दछु। यसको विस्तृत विवरण ‘छात्रवृत्तिका लागि आवेदन’ शीर्षकमा समावेस छ।
क्रस ओभर अपडेट
मैले यो संसदमा प्रस्तुत गरेका ७ विधेयकमध्ये ६ पारित भएका छन् भने १ विधेयक अझै पनि विधायिकी प्रक्रियामै छ।
त्यसको संक्षिप्त अवस्था यस्तो छ :
संसद अधिवेशनका उपलब्धिहरू
यो संसद अधिवेशनमा म र मेरा सहकर्मीहरू मिलेर हाम्रो राज्यले सामना गर्ने समस्याहरूलाई सम्बोधन गर्न धेरै महत्वपूर्ण विधेयकहरू पारित गर्यौं। हामीले पारित गरेका विधेयकहरू विभिन्न विधाका थिए जुन निम्नानुसार छन्:
बाल हेरचाह:
एचबी ८९: बाल हेरचाह स्थिरीकरण तथा बाल-हेरचाह विस्तार अनुदान कार्यक्रम
यो विधेयकले राज्यका सबैभन्दा बढी सहयोग आवश्यक पर्ने परिवार, बाल हेरचाह प्रदायक र अन्य प्रदायकलाई राज्यले प्रदान गर्ने ५ करोड स्थिरीकरण अनुदानमा प्राथमिकता दिन्छ। उनीहरूले यही आर्थिकमा त्यो अवसर प्राप्त गर्छन्।
एचबी ७२५: थेरापी-चिकित्सकीय बाल-हेरचाह कार्यक्रम
यस विधेयकले शारीरिक वृद्धिमा असक्षमता भएका विद्यार्थीलाई सहयोग गर्ने बाल-हेरचाह प्रदायकका लागि थेरापी-चिकित्सकीय बाल-हेरचाह कार्यक्रम उपलव्ध गराउँछ। यस कार्यक्रमअन्तर्गत शारीरिक वृद्धिमा ज्यादै कठिनाइ वा ढिलाइ भएका प्रत्येक बालबालिकाको लागि ४५ हजारसम्म प्राप्त हुन्छ।
एचबी ९३३: बाल-हेरचाह पूँजी सहायता घुम्ती ऋण कोष
यस विधेयकले छात्रवृत्ति कार्यक्रममा भाग लिने बाल हेरचाह प्रदायकहरूका लागि तीन करोड ५० लाख डलरको घुम्ती ऋण कोष स्थापना गर्छ। निर्व्याजी यो ऋण सेवा विस्तार, नयाँ निर्माण/प्राप्ति, र बाल हेरचाह सुविधा नवीकरणका लागि प्रयोग गर्न सकिन्छ।
एचबी ११००: बाल-हेरचाह प्रदायक र कर्मचारी बोनस
यस विधेयकले बाल-हेरचाह प्रदायकहरूलाई भएका कर्मचारी यथावत राख्न र नयाँ भर्ना गर्न बोनस दिनका लागि १ करोड ६० लाख डलर बजेट व्यवस्था गर्दछ।
साइबर सुरक्षा:
एचबी१२०२ : स्थानीय साइबरसुरक्षा समर्थन ऐन २०२२
यस विधेयकले स्थानीय सरकारलाई सुरक्षा ह्याक र अन्य सम्भावित घटनाका लागि तयार हुन र त्यसको प्रतिरोधका लागि सघाउन आपतकालीन व्यवस्थापन विभाग (MDEM) अन्तर्गत आपतकालिन साइबर तयारी इकाईलाई कोडिफाई गर्छ। यसबाट स्थानीय सरकारलाई साइबर सुरक्षा घटनाहरू स्थानीय आपतकालीन प्रबन्धक, DoIT मा सुरक्षा अपरेशन केन्द्र, र MD संयुक्त सञ्चालन केन्द्रलाई जानकारी दिन सहज हुन्छ।
एचबी १२०५: मेरिल्याण्ड आधुनिकीकरण विधेयक २०२२
यस विधेयकले साइबर सुरक्षा विज्ञहरू, विधायकहरू तथा उद्योग तथा व्यवसाय क्षेत्रका नेताहरू सम्मिलित एक निरीक्षण समिति बनाउँछ। यसमा स्थानीय सरकारको साइबर पूर्वाधार मूल्याङ्कन गर्न र कार्यक्रमको फाइदा लिने अधिकारक्षेत्रलाई अनुदान उपलब्ध गराउन राज्यले प्रदान गर्ने “सेवाको लागि शुल्क” अनुदान कार्यक्रम पनि समावेश छ। यस कानूनले समग्र प्रणाली सुरक्षामा ध्यान केन्द्रित गर्दै सुधारका लागि कमजोरी र क्षेत्रहरू पहिचान गर्न आवश्यकताअनुसार बाहिरका सल्लाहकारहरूको समेत सहयोगमा कम्तिमा प्रत्येक तीन वर्षमा राज्य साइबर सुरक्षा पूर्वाधार अडिट गर्छ।
एचबी१३४६: राज्य साइबर सुरक्षा समन्वय तथा सुशासन
यस विधेयकले सूचना तथा प्रविधि विभाग (DoIT) भित्र राज्य साइबर सुरक्षा सञ्चालन केन्द्रित गर्दछ। विधेयकले सुरक्षा व्यवस्थापनको कार्यालय र गभर्नरको कार्यकारी आदेशमा मूल रूपमा उल्लिखित मुख्य सूचना सुरक्षा अधिकारी पदलाई पनि संहिताबद्ध गर्दछ। विधेयकले स्थानीय, क्षेत्रीय र राज्यव्यापी साइबर सुरक्षा तयारी र प्रतिक्रिया सुधार गर्न स्थानीय प्रयास र समर्थन सेवा समन्वय गर्न एक निकायको रूपमा DoIT भित्र साइबर सुरक्षा समन्वय र सञ्चालन इकाई (CCOU) स्थापना गर्छ। यसले स्थानीयलाई आफ्नै साइबर सुरक्षा प्रयास सुधार गर्न स्रोतकेन्द्रको रूपमा सघाउँछ।
वातावरण
एचबी ८८: इलेक्ट्रिक वितरण ग्रिड समर्थन
यस विधेयकले मेरिल्याण्डको विद्युतीय वितरण ग्रिडलाई व्यवस्थित गर्न संघीय सहायताको लाभ उठाउने प्रावधानको व्यवस्था गर्छ। यसबाट राज्यको ग्रिडलाई आधुनिकीकरण गर्न, राज्यको कार्बन न्यूनीकरण लक्ष्यहरू पूरा गर्न, राम्रो तलब दिने रोजगारी सिर्जना गर्न र आगामी दशकहरूमा उपयोगिताहरूको बिल तिर्न पैसा बचत गर्न सघाउ पुग्छ।
एचबी९४: विद्युतीकृत राज्यवाहन फ्लिट
यस विधेयकले हरितगृह ग्यास उत्सर्जन कम गर्न र कार्बन घटाउने लक्ष्य पूरा गर्न राज्यको फ्लिटलाई ग्यासबाट विद्युतीय सवारीसाधनमा बदल्न सहयोग गर्छ।
एचबी६९६: इलेक्ट्रिक विद्यालय बस नमूना कार्यक्रम
यस विधेयकले मेरिल्याण्डका सातहजार तीनसय विद्यालय बसलाई डिजेलबाट इलेक्ट्रिक बसमा परिवर्तन गर्न तीन वर्षको लागि इलेक्ट्रिक विद्यालय बस नमूना कार्यक्रम सुरू गर्छ।
स्वास्थ्य
एचबी ६: मेडिकेडमा वयस्कहरूका लागि दन्त सेवा कभरेज
यस विधेयकले मेडिकेड भएका वयस्कहरूलाई दन्त कभरेज प्राप्त गर्न अनुमति दिएर दातको हेरचाहमा पहुँच विस्तार गर्दछ। यसले दाँतको हेरचाह बिना लगभग आठलाख मेरिल्याण्डबासीहरूमा दन्त सेवा कभरेज विस्तार गर्नेछ।
आर्थिक बिकास
एचबी२: कामको अवसरका लागि कर क्रेडिट
यस विधेयकले लामो समयदेखि बेरोजगार रहेका मेरिल्याण्डबासीलाई कम प्रतिनिधित्व नभएका समुदायबाट कामदार भर्ना गर्ने र राख्ने व्यवसायलाई कर क्रेडिट प्रदान गरेर काममा फर्काउन मद्दत गर्नेछ।
छात्रवृत्तिका लागि आवेदन

मेरो कार्यालयले २०२२-२०२३ को छात्रवृत्तिका लागि आवेदन लिइरहेको छ :
आवेदन डिस्ट्रिक्ट ८ का मेरा सहकर्मीहरू विधायक जोसेफ बोटेलर- II र कार्ल ज्याक्सनका लागिसमेत लिइने छ। आवेदन दिने अन्तिम मिति मार्च ३१, २०२२ हो।
आवेदन फारामका लागि तपाईं यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
वा यो QR कोड स्क्यान गर्न सक्नुहुन्छ।
आवेदन गर्नुअघि ध्यान दिनुपर्ने केही कुराहरू:
आवेदक मेरिल्याण्डको डिस्ट्रिक्ट ८ को बासिन्दा हुनुपर्छ :
त्यसका लागि तपाईं mdelect.net मा आफ्नो ठेगाना रूजु गर्न सक्नुहुन्छ । यदि तपाईं अन्य डिस्ट्रिक्टमा बस्नुहुन्छ भने, हामी तपाईंलाई त्यही डिस्ट्रिक्टका विधायकहरूमार्फत् छात्रवृत्तिको लागि आवेदन दिन सुझाव दिन्छौं ।
आवेदक मेरिल्याण्डका कलेज वा विश्वविद्यालयमा पूर्ण वा आंशिक समयको विद्यार्थी हुनुपर्छ:
हामी मेरिल्याण्ड बाहिर अध्ययन गर्न जाने विद्यार्थीलाई (विशिष्ट परिस्थितिबाहेक) छात्रवृत्ति प्रदान गर्न असमर्थ छौं।
आवेदकहरूले एकपटक मात्र आवेदन गर्नुपर्छ:
डिस्ट्रिक्ट ८ का तीन विधायकहरू (भण्डारी, बोटेलर र ज्याक्सन) ले साझा छात्रवृत्ति कोष सञ्चालन गर्नुहुन्छ। आवेदन स्वीकार गर्न र निर्णय गर्न पनि एउटै प्रणाली प्रयोग हुन्छ । तपाईंले यो फारम एकपटक, एक ठाउँमा पेश गरेपछि तीनवटै कार्यालयले समीक्षा गर्न सक्छन् । त्यसैले तीन ठाउँमा आवेदन दिन आवश्यक छैन।
ध्यान दिनुपर्ने थप कुराहरू:
विधायिकी छात्रवृत्तिहरू गैर-नवीकरणीय छन्, यसको मतलब तपाईंले प्रत्येक वर्ष पुन: आवेदन गर्नुपर्छ। फाफ्साका लागि फाइल गर्न प्रोत्साहित गरिए पनि त्यो त्यति आवश्यक छैन । यदि तपाईं फाफ्साका लागि आवेदन दिनुहुन्न भने छात्रवृत्ति पुरस्कार प्रक्रियाको लागि मेरिल्याण्ड उच्च शिक्षा आयोग (MHEC) मा एउटा एकाउन्ट खोल्नुपर्छ।
थप विवरणका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ
तपाईंसँग छात्रवृतिका बारेमा कुनै पनि जिज्ञासा वा प्रश्न भएमा निम्न इमेलहरूमा सम्पर्क गर्न सक्नुहुनेछ :
Harry.Bhandari@house.state.md.us, Joseph.Boteler@house.state.md.us, Carl.Jackson@house. state.md.us
हामी तपाईका जिज्ञासा र प्रश्नहरूको सम्बोधन गर्ने नै छौं ।
छात्रवृति र उच्च शिक्षाका लागि अग्रिम शुभकामना ।
प्रश्न, टिप्पणी वा सरोकारहरू :
तपाईंसँग कुनै प्रश्न, टिप्पणी वा सरोकारहरू छन् भने, कृपया मलाई harry.bhandari@house.state.md.us मा सम्पर्क गर्नु होला । अमेरिकी प्रजातन्त्रको मूलमन्त्र नै जनताका लागि, जनताद्वारा, जनताको हो । त्यसैले म तपाईहरूलाई सुन्न र सम्बोधन गर्न पाउँदा सधैं खुशी हुनेछु ।
तपाईहरूलाई सफलता मिलोस्, जीवन सुखमय होस्- मेरो यही शुभकामना ।
……………………
नेपाली न्युजलेटर-११